Skip to content
LAXMI SUNRISE BANK

कालिन्चोक दर्शन लिमिटेडले साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौं । कालिन्चोक दर्शनलिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कालिन्चोक दर्शनलिमिटेड पशुपतिभिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्कासन गर्नुपर्नेे १२,००,००० कित्ता(आयोजनाप्रभावित क्षेत्रसहित) साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनिको सेयर निष्कासन तथा बिक्रीप्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौलाई नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीकाबीच कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाडौंमा मिति २०७८ माघ १३गते द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK