काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९१ हजार ८०० सय रुपैयाँमामा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर नै रहेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ७ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।