काठमाडौं । बीमा समितिले हाथवे इन्भेष्टमेण्ट नेपाललाई आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । हाथवेले आफ्नो नाममा रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २ लाख ९ हजार ८०९ कित्ता सर्वसाधारण सेयर बिक्री गर्न समितिले अनुमति दिएको हो ।
३ महिनाको अवधिमा कम्पनीको नाममा रहेको उक्त सेयर बिक्री गरी जानकारी गराउन पनि समितिले भनेको छ । अव कम्पनीले बीमा समितिबाट सेयर बिक्री गर्न अनुमति पाएसँगै उक्त सेयर विक्री प्रत्रिया अगाडि बढाउनेछ ।