बनेपा । बनेपा प्रधानकार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश मातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई कलैया स्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवद्र्धन तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाको मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्कर राज जोशी र कजाृ विभाग प्रमुख राजेश श्रेष्ठले सहभागिहरुलाई सहजिकरण गरेको हो । तालिममा कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धनका सिकाईहरु, लघुवित्तको मुलमर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रियालगायतका सिकाईहरु गरिएको हो ।
आर्थिक वर्षको सुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप प्रादेशिक संरचनामासमेत कार्य थालनी गरिसकेको छ । संस्थाले त्रैमासिक रिपोर्टको समिक्षा गर्दै कर्मचारीहरुसंग साक्षात्कारसहित समस्याहरुको सुनवाई को लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनारमार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्कर राज बोहराले बताए ।
संस्थाको दोश्रो त्रैमाससम्ममा ८ अर्ब ८६ करोड लगानी गरेको छ भने सदस्यहरुबाट २ अर्ब ६२ करोड बचत संकलन गरेको छ । दोश्रो त्रैमासमा संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीयविवरण अनुसार १२ करोड १६ लाख रुपैंया नाफा गरेको छ भने प्रति सेयर आम्दानी ५५.९१ रुपैंया रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्