- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड भएको मितिले ३ वर्ष पुरा नभई बिक्री गर्न नपाइने भएको हो । कम्पनीले गत बैशाख ३१ गते आईपीओ बाँडफाँड गरेको थियो ।