काठमाडौँ । युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै मन्त्रालयले सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे, कार्यवाहक राजदूत, ७९६८०७०२८१५ मा सम्पर्क गर्न सकिने जनाएको उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्