×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी बिक्री स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी बिक्री स्थगित

Artha Sarokar

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामी सेयरको बिक्री स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको एचआइडीसीएलले जनाएको हो ।
कम्पनीले फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो भने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो ।
लगानीकर्ताहरुले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी