×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन २२ गते हुने, १५.७८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन २२ गते हुने, १५.७८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन २२ गते बस्ने भएको छ । यसअघि फागुन ७ गते बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । अब फागुन २२ गते गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा पुनः साधारण बस्ने बैंकले जनाएको हो । सभामा जानकीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्नेछ ।
यस्तै, ०.७८% नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेस हुनेछ । बोनसपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी