×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ल्यायो १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ? (विवरणसहित)

PRIME CA

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ल्यायो १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ? (विवरणसहित)

अर्थ सरोकार

१९ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसको मूल्य समान प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । यसैलाई आधार मानेर आवेदन दिनुपर्नेछ । प्रुडेन्सियको नाममै रहेको ५० हजार कित्ता र संस्थापक सेयरधनी धनबहादुरको नाममा रहेको ३ हजार २४३ कित्ता संस्थापक सेयर रहेको छ । जसमा प्रुडेन्सिय क्यापिटलको नाममा रहेको सेयरमा प्रतिकित्ता २५० रुपैयाँ र धन बहादुर नाममा रहेको सेयरको मूल्य २०० रुपैयाँ ताकीएको छ । यसैलाई आधार मानेर आवेदन दिनुपर्नेछ ।
यसमा बैंकक संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बुटवल कालिकानगरमा सम्पर्क गर्नुपर्नेछ । सो अवधिसम्ममा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: