×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब सेन्टरको गैर-कानूनी धन्दा, जागिरको लोभ देखाएर सोझा साझाको हजारौं रकम ठगी गर्दा यसरी परे प्रहरीको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जब सेन्टरको गैर-कानूनी धन्दा, जागिरको लोभ देखाएर सोझा साझाको हजारौं रकम ठगी गर्दा यसरी परे प्रहरीको फन्दामा

२३ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जागिरको लोभ देखाएर गैर-कानूनी रकम असुल्ने ९ वटा जब सेन्टरका सञ्चालक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार जागिर दिने बहानामा फाराम भराउँदै खुलेआम पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरमा एकसाथ छापा मारी सञ्चालकलाई पक्राउ गरेको हो ।
जब सेन्टरले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको महाशाखा प्रवक्ता कृष्ण कोइरालाले बताए । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।
ती सेन्टरले गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठगी गरेको पाइएको हो । जब सेन्टरले सो कार्य गरी मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको पनि पाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी