
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनु भएको छ । शनिवार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वाशको मत पाउन नसकेको अवस्था र संसदबाट अर्को बैकल्पिक सरकार बन्न नसक्ने अवस्था आए पछि प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको जिकिर गर्नुभयो ।
प्रतिनिधि सभाको निर्वाचनबाट आएको जनादेशले जनतामा सामाजिक न्याय सहितको बिकाश र सम्वृद्धिको जाने यात्रा बिचमा अनपेक्षित राजनैतिक घटनाहरुले रोकिए पछि निकाश दिन निर्वाचन एकमात्र विकल्प भएको उपप्रधानमन्त्री पौडेलले बताउनु भयो। अदालतमा परेको मुद्दाले जुनसुकै निर्णय दिए पनि ताजा जनादेशले मात्र राजनैतिक निकाश दिने भएकोले सबै निर्वाचनको लागि तयारीमा लाग्न अर्थमन्त्री पौडेलले आग्रह गर्नु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले अहिले राजनैतिक गतिरोधले बिकाश निर्माणलाई केहि प्रभाव परेपनि गति नरोकिने बताउनु भयो । शनिवार उद्घाटन भएको कार्यालयले स्याङ्गजाको कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई प¥ुयाउने योजनाको फिल्ड कार्यालयको रुपमा काम गर्ने छ । कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाले सिंचाई सहित १२६ मेघावाट विद्युत पनि उत्पादन गर्ने बताइएको छ । यो आयोजना सम्पन्न गर्न करिब १३८ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्