×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह प्रशासनभित्र कतै पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी (भिडियो)

PRIME CA

गृह प्रशासनभित्र कतै पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी (भिडियो)

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरु सँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।
गृह प्रशासनभित्र कतै पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’
मन्त्री अधिकारीले विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिनुभयो । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: