Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकमा कार्यकारी निर्देशक ढकाल र भट्टको जिम्मेवारी हेरफेर, कसले कहाँको जिम्मा पाए ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । कार्यकारी निर्देशक देव कुमार ढकाल र डा. गुणाकर भट्टको जिम्मेवारी हेरफेर भएको हो ।
बैंक सुपरिवेक्षण विभागमा प्रमुखको भूमिकामा रहेका भट्टलाई बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ भने बैंक तथा वित्तीय संस्थाको नियमन बिभागमा रहेका ढकाललाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ।
बैंक तथा वित्तीय संस्थाको नियमन विभागलाई बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई नियमन गर्ने अधिकार दिईएको हुन्छ । यता बैंक सुपरिवेक्षण विभागलाई भने कमर्सियल बैंकको मात्रै सुपरिवेक्षण गर्ने अधिकार दिईएको छ। नियमन बिभागको जिम्मेवारी पाएका डा भट्ट नेपाल राष्ट्र बैंकका प्रमुख प्रवक्तासमेत हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK