काठमाडौं । पछिल्लो समय ब्रोकर हाउसहरुले लगानीकर्ताहरुलाई दिनसम्म दुख दिईरहेका बेला मल्ल एण्ड मल्ल बोक्रर अर्थात ब्रोकर नम्बर ११ ले पनि आफ्ना सेयरधनीलाई जानकारीनै नदिई सुटुक्क सेयरधनीको सेयर बेचेपछि अहिले सो कम्पनीलाई नियामक नेपाल धितोपत्र बोर्डले कारवाही गरेको छ । सो व्यवस्था कानूनमा नभएको र ब्रोकरले आफ्नो स्वार्थका लागि सेयर बिक्री गरेको गुनासो लगानीकर्ताबाट बोर्डमा पुगेपछि बोर्डले छानविन गर्दा सो कार्य पुष्टी भएपछि सेबोनले मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना तिराएको हो ।
ब्रोकरले सेयरधनीहरुको सेयर मात्रै बिक्रीइ गर्ने नभएर समयमा पैसा नतिरेको भन्दै १३ देखि १८ प्रतिशतसम्म ब्याज लगानीकर्ताबाट लिने गरेको पाइएको छ । यसो त नियममा नै अर्थात धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को दफा १० को ‘ठ’ मा कारोबार सदस्य र लगानीकर्ता बीचमा लिन वा दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषयमा उल्लेख भए अुनसार कारोबार गर्नुपर्ने हो । दफा १० को ‘ठ’ मा लगानीकर्ताको सेयर बिक्री गर्ने विषय, लिने ब्याजदर दुबै पक्षमा सम्झौता पत्रमा उल्लेख छ ।
तर मल्ल एण्ड मल्ल बोक्ररले मनपरी हद नाघी कुनै सम्झौतानै नगरी सेयरधनीहरुको सेयर बेचेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्