×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा आइएमई क्यापिटल नियुक्त

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा आइएमई क्यापिटल नियुक्त

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४०% हकप्रद सेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६/७७ अर्थात् २३ औ वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन सम्बन्धी सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: