काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १३ सयले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्यमा भने १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।