×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक, ४.५ प्रतिशत ब्याज पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक, ४.५ प्रतिशत ब्याज पाइने !

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो ।
न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।
बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी