काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्यमा भने १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।