×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : किसानलाई गहुँबाली भित्र्याउन चटारो, डोको बुनेर जीविकोपार्जन गर्दै मादीका स्थानीय वृद्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : किसानलाई गहुँबाली भित्र्याउन चटारो, डोको बुनेर जीविकोपार्जन गर्दै मादीका स्थानीय वृद्ध

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसानलाई गहुँ काट्न भ्याईनभ्याई भएकोदेखि सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै गरेका स्थानीय वृद्धसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै ।

सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ ।

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका स्थानीय किसान कूचो बनाउन अम्रिसोको फूल सिमल्दै । अम्रिसो घाँससँगै कूचो बनाउन प्रयोग हुन्छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रचोकदेखि पूर्वपट्टि सडक कालोपत्रै गर्दै मजदुर ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेपछि भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतले स्वागत गर्दै ।

कैलालीको भजनी नगरपालिका–५ मा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषि मेसिनरी औजार हस्तान्तरण गर्दै नगरप्रमुख शेरबहादुर चौधरी ।

आगलागीका घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटको आयोजनामा शुक्रबार बिदुर नपा–५, पिपलटारमा नमूना अभ्यास गर्दै । उक्त अभ्यासमार्फत आगलागी हुनु नदिन र भइसकेपछि नियन्त्रणमा कसरी लिनेसहित उद्धार र उपचारको प्रयोगात्मक अभ्यासमार्फत सरोकारवाला एवम् सर्वसाधारणलाई जानकारी गराइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी