×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुस्ताएको पर्यटन क्षेत्र पर्यटकहरुको आगमनसँगै उक्सिन थाल्यो, मार्चमा मात्रै १५ हजार बढी पर्यटक भित्रिए (भिडियो)

PRIME CA

सुस्ताएको पर्यटन क्षेत्र पर्यटकहरुको आगमनसँगै उक्सिन थाल्यो, मार्चमा मात्रै १५ हजार बढी पर्यटक भित्रिए (भिडियो)

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । कोभिड-१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । कोभिड-१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ । सोमवार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो । छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उहाँले बताउनुभयो । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उहाँले जानकारी दिनुभयो । बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताउनुभयो । एसियन देशहरुमा कतिपय देशहरु नखुलिसकेको र एयरलाइन्स पनि नखुलिरहेको अवस्थामा ति देशहरुबाट अझ पर्यटन आउन बाँकी रहेको उहाँले बताउनुभयो । चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केशमा माइनस ९३ प्रतिशत रहेको उहाँको भनाई छ । अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उहाँले जानकारी दिनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले समग्रमा पर्यटन क्षेत्र ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो । अहिलेकै अवस्थामा अगाडी बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो । विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएको उहाँले बताउनुभयो । धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको उहाँले जानकारी दिनुभयो । दैनिक एक सय जना भन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताउनुभयो । पोखरा, धरान, नेपालगञ्ज लगायतका ठुला शहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेश पाइरहेको उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतिय पर्यटहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । भारतिय पर्यटकहरुलाई नेपाल प्रवेश र पैसा सटहीमा सहजता ल्याउनुपर्ने उहाँले बताउनुभयो । भारतिय पर्यटकलाई नेपालमा सहजता ल्याउनका लागि नेपाल सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले इन्डियनलाई पर्यटक भनेका छौँ । फेरी उनीहरुलाई आउँदाखेरी हामीले गरेको व्यवहार राम्रो छैन । त्यसलाई सुधार्नुपर्छ । यो एउटा व्यवसायीले गरेर हुने होइन । गृह मन्त्रालय लाग्नुपर्छ । उनीहरुलाई एउटा अतिथिले पाउनुपर्ने जुन सत्कार हो, उहाँहरुलाई सम्मान दिएर नेपाल ल्याउन सकियो । उहाँहरुलाई बारम्बार गाडी रोक्ने, दुःख दिने नगरेर सहज बनाउन सकियो भने यसले काम गर्छ । एउटा ठुलो समस्या भारतिय पर्यटकहरुमा नेपाल पैसा पठाउने समस्या भएको छ । त्यो पनि सहजीकरण गरिदिनुप¥यो । कार्डबाट निकाल्न लिमिट नराखौँ । भारतिय दुई हजारको नोट चल्न दिऊँ । उनीहरुलाई सम्मान दिनुप¥यो । जतिधेरै हामी भारतिय पर्यटकलाई सम्मान दिन्छौँ । जति धेरै उहाँहरुलाई नेपाल पस्न सहज बनाउँछौँ । र मनि एक्सचेन्जको सुविधा दिन्छौँ । त्यति नै धेरै नेपालको प्रवद्र्धन हुन्छ ।’ भारतिय पर्यटकहरुलाई पर्यटकको व्यवहार गर्न र अनावश्यक दुःख नदिन पनि उहाँले सरोकारवाला सबैसँग अनुरोध गर्नुभयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: