×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सका बिमितहरुलाई थप सहज, अब बीमाशुल्क घरबाटै भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्सका बिमितहरुलाई थप सहज, अब बीमाशुल्क घरबाटै भुक्तानी गर्न सकिने

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकावीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएस लगायतको सेवाको लागि सम्झौता गरेको छ ।
उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई तथा एनसीएचएलका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यो सेवा संगै अब बीमितहरुले घरमै बसी बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवासंगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसी अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेको मा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी