×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ, लमजुङका बासिन्दाहरुले जेठ ११ गतेसम्म आवेदन दिन सक्ने

PRIME CA

खुल्यो दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ, लमजुङका बासिन्दाहरुले जेठ ११ गतेसम्म आवेदन दिन सक्ने

१३ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोर्दी खोला जलविद्युतले आज मंगलबार वैशाख १३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो ।

जसअनुसार साविकको भारते, अर्चलवोट, श्री भन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार १ र ८ गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउने भएका छन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने भएको छ । स्थानियले उक्त आइपीओमा छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त आइपीओलाई रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: