Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकद्वारा देशभर एकैसाथ थप ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात, कहाँ-कहाँ पुग्यो सेवा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
तेह्रथुम । ग्लोबल आइएमई बैंकले एकैसाथ ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले ग्लोबल तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।
बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. ०२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमती चन्द्र कला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा राज कुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका ०५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बखत बहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं.०१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ । 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK