×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौ : मन्त्री झाँक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौ : मन्त्री झाँक्री

Artha Sarokar

२० बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। शहरी विकास मन्त्रि  रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी हुन् ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताइन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौ। निर्माणका काम रोकेर नबसौ ।”

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताइन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए । उनले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरि दिन आग्रह गरे । अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन हुनुपर्नेमा जोड दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी