
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान शुरु गरेको छ । सडक छोउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान शुरु गरेको हो । आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने स्पष्ट पार्नुभयो । यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ ।
सडक छेउमा रहेका विजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताउनुभयो । उहाँले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासिको सहयोग अनिवार्य रहेको पनि बनाउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्