काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २० लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।