×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना आयोजनालाई स्थानीय तहमा पठाउने अर्थमन्त्रीको तयारी, खुद्रे आयोजनाको झञ्झट बोक्न नहुने धारणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साना आयोजनालाई स्थानीय तहमा पठाउने अर्थमन्त्रीको तयारी, खुद्रे आयोजनाको झञ्झट बोक्न नहुने धारणा

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले साना आयोजनालाई स्थानीय तहमा पठाउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै कम लगानीका आयोजनाको कार्यान्वयन प्रदेश र स्थानीय तहलाई दिने बताएका हुन् । अर्थमन्त्री शर्माले खुद्रे आयोजना कार्यान्वयनको झञ्झट संघीय सरकारले बोक्न नहुने धारणा राखेका हुन् । यस्तै उनले उत्पादनमुलक र रोजगारी सिर्जनाका कार्यक्रममा बजेट केन्द्रित हुनुपर्ने बताएका छन् ।

साना कार्यक्रम संघीय सरकारले हेर्दा एकातर्फ आयोजना कार्यान्वयन प्रभावकारी नहुने र अर्कोतर्फ बजेट खर्चमा समेत असर पर्ने भन्दै मन्त्री शर्माले साना आयोजनाको माग नगर्न सांसदहरुसँग आग्रह गरेका छन् । बजेट र आयोजनाका बीचमा तालमेल नै नभई कार्यान्वयनमा जाँदा त्यो आयोजना प्रभावकारी नहुने भएकाले साना आयोजना प्रदेश र स्थानीय तहमा पठाउँदा उपयुक्त हुने अर्थमन्त्री शर्माले बताएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी