काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिंगो अर्थतन्त्रलाई सेयर बजारसँग तुलना गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
अधिकारीले आयात बढेकै कारण समस्या परेको बताउँदै सेयर बजारलाई हरेक विषयसँग तुलना गर्न नहुने बताएका हुन् । अनुउत्पादक क्षेत्रमा हुने लगानी रोक्न राष्ट्र बैंकको निति सधैँ तयार रहेको उनको भनाई छ । साथै वर्तमान अर्थतन्त्र सकारात्मक नभएकाले सबै सजग बन्नु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका छन् ।
कार्यक्रममा अधिकारीले एलसी खोल्दा नगद मार्जिनको नीति लिएपछि व्यवसायीले भन्सारको बाटो छलेर सामान ल्याइरहेको समेत बताएका छन् । यस्तै अधिकारीले आजका दिनमा अर्थतन्त्रको अवस्था सकारात्मक नभएको र एकै वर्षमा २/३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय रहेको पनि बताए ।
गभर्नर अधिकारीले अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय रहेको बताए । पछिल्लो समय कोरोना महामारीपछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा पनि अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्