काठमाडौं । रिभर फल्स पावरको आईपिओ बाँडफाँड हुने भएको छ । कम्पनीको २७ लाख ३० हजार कित्ता आईपिओ आज सोमबार बाँडफाँड हुने भएको हो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले वैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आइपिओ बिक्रि खुला गरेको थियो । जसमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि, १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणले आवेदन दिन पाउने थिए ।
कम्पनीले यसअघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्कासन गरि बाँडफाँड गरिसकेको छ । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य कम्पनीको रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्