डोटी । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेका छैनन् । कम्तीमा पनि १५० पर्यटकलाई सुविधायुक्त तरिकाले बस्न मिल्ने भवन निर्माण गर्न दुई वर्षअघि नै निर्माणको प्रक्रिया सुरु भएको भए पनि अहिलेसम्म भवन निर्माण हुनसकेका छैनन् ।
सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै वि.सं २०७६ पुसमा निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित आठ भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेका थिए । डोटीको सिलगढीबाट खप्तड घुम्न आउँदा बास बस्ने ठाउँ बीचपानीमा तीन र खप्तड ब्यारेक नजिक पाँच गरी आठ भवन निर्माणका लागि ठेकेदार कम्पनी टिडिआर एन्ड बीजी जेभीको ठेक्का वि.सं २०७६ चैतमा स्वीकृत भए पनि कोरोना महामारीका कारण वि.सं २०७७ असारमा मात्रै सोही वर्ष माघ मसान्तसम्म कार्यसम्पन्न गर्ने सर्तमा सम्झौता भएका थिए ।
विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले तोकिएको समयमा कार्यसम्पन्न गर्न नसकेपछि विसं २०७८ भदौमा निकुञ्ज विभागले ठेक्का सम्झौताको म्याद वि.सं २०७८ चैतसम्म थप गरेका थिए । चैतसम्म म्याद थप्दासमेत ठेकेदार कम्पनीका तर्फबाट उक्त भवन बन्ने कुनै छाँट नदेखिएको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताए ।
उनले भने, “अहिलेसम्म जम्मा १० प्रतिशत मात्रै काम भएको छ, अरु केही काम नै भएको छैन्, काम सम्पन्न गर्न पटक–पटक पत्राचार गर्दा पनि काम गर्न आउदैनन्, अब ठेकेदार कम्पनीलाई कारबाही गर्नुको विकल्प छैन ।” नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५÷७६ मा खप्तडमा सुविधायुक्त भवन निर्माणका लागि विनियोजन गरेको रु. पाँच करोडमध्ये टिडिआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक रु. चार करोड १३ लाखमा ती भवन निर्माणको ठेक्का सम्झौता भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
ठेकेदार कम्पनीले ठाउँ तथा भौगोलिक अवस्थाका बारेमा पूर्व जानकारी नै नलिएर ठेक्का लिएका कारण अहिले काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुनिल चौधरीले जानकारी दिए । पर्यटकका लागि आवासगृह निर्माण नभएका कारण यहाँ आउने पर्यटकलाई बास बस्नका लागि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । भवन नभएका कारण खप्तड भ्रमणका लागि आउने गरेका सयौँ पर्यटक भने चिसोले कठ्याङ्ग्रिएर रात बिताउन बाध्य हुने गरेका खप्तड प्रवेशमार्ग झिग्रानामा घरबास सञ्चालन गरी रहनुभएका व्यवसायी दीपकबहादुर खड्काले बताए ।
ठेकेदार कम्पनीका प्राविधिक सुनिल कुँवरले भवनको डिजाइन नै गलत भएका कारण समय मै निर्माण सम्पन्न गर्न नसकिएको जिकिर गरे । उनले भने, “भवनको ट्रस्टको डिजाइन नै हिमाली क्षेत्रका लागि अनुपयुक्त हुने खालको रहेछ, हामीले डिजाइन पुनरावलोकनका लागि विभागमा अनुरोध गरेका छौँ, डिजाइन स्वीकृत नभएका कारण निर्माणमा ढिलाइ भएको हो ।” ठेकेदार कम्पनीले डिजाइनमा त्रुटी भएको जिकिर गरीरहेको भए पनि विभागले भने ठेकेदार कम्पनीले काम गर्न नसक्ने भएकाले खाली बाहना मात्रै निकालेको दाबी गर्दै आएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्