- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको न्यूनतम भाउ १३ सय ६६ रुपैयाँमा ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।
यसमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।