काठमाडौं । वैशाख मसान्तसम्ममा जिवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार संचालनमा रहेको १९ वटा जिवन बीमा कम्पनीहरुले वैशाख मसान्तसम्ममा १ खर्ब १० अर्बभन्दा माथि बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीहरूको कुल बीमाशुल्क ११.६४ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्मा जिवन बीमा कम्पनीहरुले ९८ अर्ब ८९ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
२१ जीवन बीमा कम्पनीहरुमध्ये धेरै बीमाशुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्सनेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस कम्पनीले २८ अर्ब ३५ करोड ८० लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) रहेको छ । यस कम्पनीले १३ अर्ब ५२ करोड रुपयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै नेशनल लाइफले १० अर्ब ९८ करोड ४३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २४ करोड १३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी गुराँस लाइफले २ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ र एशियन लाइफले ५ अर्ब ५३ करोड ३९ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यता मेट लाइफले ४ अर्ब ३७ करोड ४३ लाख रूपैयाँ, प्राइम लाइफले ४ अर्ब १४ करोड ९० लाख रूपैयाँ र सूर्या लाइफले ३ अर्ब ९२ करोड ९० लाख रूपैयाँ, बीमाशुल्क आर्जन गरेका छन् । युनियन लाइफले ६ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ, सिटिजन लाइफले ४ अर्ब २६ करोड ३१ लाख रूपैयाँ, सन नेपाल लाइफले ३ अर्ब २६ करोड ४४ लाख रूपैयाँ, रिलायबल नेपालले ३ अर्ब २१ करोड ४३ लाख रूपैयाँ, ज्योति लाइफले २ अर्ब ८८ करोड ७१ लाख रूपैयाँ, आईएमई लाइफले २ अर्ब ५६ करोड रूपैयाँ, रिलायन्स लाइफले २ अर्ब ३९ करोड ६३ लाख रूपैयाँ, सानिमा लाइफले १ अर्ब ८८ करोड ४७ लाख रूपैयाँ, प्रभु लाइफले एक अर्ब ५७ करोड ८९ लाख रूपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब १८ करोड ५३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।