काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक गाडीको भाडा पनि घटेको हो । २० जेठ शुक्रबारदेखि लागु हुने गरी सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको हो । एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत आइतबार भएको डिजेलको मूल्यवृद्धिलाई आधार मानेर यातायात व्यवस्था विभागले भाडा बढाएको हो ।
यो घटेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा संचालित सार्वजनिक सवारीहरुमा लागु हुने भएको छ । यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा समायोजन गर्नेछन्।
यात्रुवाहक सवारीको हकमा २.० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराइको बाटोमा संचालन हुने मालवाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको छ । पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेको छ ।