काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।