काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९७ हजार १ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।