×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अब किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्छ, मूल्य नपाउने स्थितिको अन्त्य हुन्छ’ : मन्त्री अर्याल (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘अब किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्छ, मूल्य नपाउने स्थितिको अन्त्य हुन्छ’ : मन्त्री अर्याल (भिडियो)

Artha Sarokar

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिस्चितता गरिने बताउनुभएको हो । सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको विक्री तिनै विक्री केन्द्रबाट सुनिस्चित गरिने बताउनुभयो । 
यस्तै किसानहरुले उत्पादन गरेका वस्तु विक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि बताउनुभयो । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान शुरु भइसकेको बताउनुभयो । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनुभयो ।
सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालले बताउनुभयो । सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी