×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तान : बैंकहरुले ब्याज नै लिन नपाउने अदालतको फैसलापछी सर्वोच्च गुहार्दै स्टेट बैंक अफ पाकिस्तान !

PRIME CA

पाकिस्तान : बैंकहरुले ब्याज नै लिन नपाउने अदालतको फैसलापछी सर्वोच्च गुहार्दै स्टेट बैंक अफ पाकिस्तान !

१२ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पाकिस्तानको शरिया अदालतले त्यहाँका बैंकहरुले ब्याज लिन नपाउने फैसला गरेपछि अन्तत: स्टेट बैंक अफ पाकिस्तानसहित यहाँका अन्य ४ बैंकहरु सो फैसला बदरको माग राख्दै सर्वोच्च पुगेका छन् ।

धार्मिक र कानुनी रुपमा पनि ब्याज लिनु गलत भएको उल्लेख गर्दै त्यहाँको अदालतले मुलुकलाई ब्याज मुक्त गर्नपर्ने आदेश दिएपछि अहिले त्यहाँको केन्द्रीय बैंक अन्य बैंकको समेत साथ लिएर सर्वोच्च पुगेको छ ।

शरिया अदालतले २८ अप्रिलमा ब्याज मुक्त अर्थतन्त्र सम्बन्धी बिभिन्न मुद्धाहरुको १९ वर्षपछि फैसला गरेको थियो । सो मुद्धाहरुमा फैसला गर्दै अदालतले देशलाई २०२७ सम्म पाकिस्तानी अर्थतन्त्रलाई ब्याज मुक्त गराउन आदेश दिएपछि त्यहाँका बैंकहरु तनावमा द्केहियेका हुन्।

इस्लाम धर्ममा ब्याज लेनदेनमा बन्देज रहेको उल्लेख गर्दै अदालतले त्यहाँका बैंकहरुलाई देशमा ५ बर्षभित्र ब्याज लेनदेनको काम अन्त्य गरी त्यसको जानकारी पाकिस्तानी संसदमा गराउन भनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: