लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनकले पदबाट राजिनामा दिएका छन् । अहिले चलिरहेकै अवस्थामा चल्न नसकिने भन्दै उनले आफ्नो पदबाट राजिनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय हितमा शासन गर्ने जोनसनको क्षमतामा विश्वास गुमाएपछि स्वास्थ्य सचिवले यसअघि नै राजिनामा दिएका थिए । उनको राजिनामापछि अर्थमन्त्रीको पनि राजिनामा आएको बताइएको छ ।
‘हामी यसरी जारी राख्न सक्दैनौं’ भन्दै आफुले मंगलबार राजिनामा दिएको बताउँदै उनले जनताले सरकार सहि, सक्षम र गम्भीरताका साथ संचालन होस् भन्ने अपेक्षा राख्ने र सो अपेक्षा पूरा गर्न नसकेको अवस्थामा वा गर्न नदिएको अवस्थामा पदमा बसिरहनु ठिक नभएको भन्दै आफुले राजिनामा दिएको बताएका छन् ।
उनले ट्वीटरमा समेत आफुले सरकार छोडेको उल्लेख गरेका छन् ।