×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हमालको कमालपछि लगानीकर्ता संगठनको पनि ‘दिल खुस’, भने-‘ब्रोकर सम्बन्धी निर्णय सराहनीय छ, अध्यक्षलाई धन्यवाद’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हमालको कमालपछि लगानीकर्ता संगठनको पनि ‘दिल खुस’, भने-‘ब्रोकर सम्बन्धी निर्णय सराहनीय छ, अध्यक्षलाई धन्यवाद’

Artha Sarokar

२३ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अव हरेक ब्रोकरहरुको पूँजी २० करोड पुग्नुपर्ने र हरेक बर्ष नयाँ ब्रोकरका लागि लाइसेन्स खुला गर्ने नीति आउनेगरी सोको मस्यौदा पास गरेपछि सेयर लगानीकर्ताहरु पनि खुसी भएको पाइएको छ ।

प्राय: धितोपत्र बोर्डले यसो गरेन र उसो गरेन भनिरहने सेयर लगानीकर्ताका संगठनहरुले पनि यो पटक बोर्डमा बोर्डका अध्यक्ष हमालले गरेको कमालप्रति विज्ञप्ति नै निकालेर कृतज्ञता व्यक्त गरेका छन् ।

आज नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बोर्डको निर्णय निकै सराहनीय भएको भन्दै बोर्ड अध्यक्ष हमाललाई धन्यवाद दिएका छन् । साथै उनीहरुले सो निर्णय कार्यान्वयनका लागि हाल अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री समक्ष मागसमेत गरेका छन् ।

बोर्डको निर्णय कार्यान्वयन भएपछि सो काम नेपालको पूँजीबजारका लागि कोशेढुंगा बन्ने तीन संगठनको दाबी छ ।

हेर्नुहोस् विज्ञप्ति :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी