- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासाबापत उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।