- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट आउँदा मानिसहरुलाई भने मूल्यमा केहि सहज भएको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ६० रुपैयाँ कायम गरेको छ ।