×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एम अधिकारी’ भनिएका मनोज अधिकारीसँग EXCLUSIVE अन्तर्वार्ता

PRIME CA

‘एम अधिकारी’ भनिएका मनोज अधिकारीसँग EXCLUSIVE अन्तर्वार्ता

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा बसेको भन्ने खबरले यति बेला बजार तताएको छ । महाप्रसाद अधिकारीले सो ‘एम अधिकारी’ आफु नभएको स्पष्टीकरण दिए पनि यो विषय सडकदेखि सदनसम्म पुगेको छ र धेरैलाई ‘एम अधिकारी’ भनेकै महाप्रसाद हुन् भन्ने छ । पछि नेकपा एमालेको सचिवालयले ‘एम अधिकारी’ भनेको मनोज अधिकारी हुन् र उनी बिराटनगरका सिए हुन् भन्ने जानकारी मिडियालाई दिएपछि बिराटनगरका चार्टड एकाउन्टेन्ट मनोज अधिकारी आफैं अलमल्लमा परे । त्यसपछि मिडियामा उनी सम्पर्कविहीन भए भन्ने कुरा पनि आयो । शुक्रबार उनी अर्थ सरोकारको सम्पर्कमा आएका छन् । र हामीले उनीसँग केहि कुराकानी गरेका छौँ ।

१. खासमा तपाईंलाई एम अधिकारी बनाउन खोजियो भन्ने कुरा के हो ?

म पार्टीमा संलग्न कुरा सत्य हो । र नेकपा एमालेले मलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरा पनि भएको हो । तर कुन जिम्मा दिईएको छ भन्ने मलाई थाहा थिएन । पछिल्लो समय असार मसान्तको समय भएकाले म सामाजिक संजालभन्दा बाहिर थिएँ । कामको प्रेसरले फोनसमेत अफ थियो । तर त्यसैलाई अतिरन्जित बनाएर समाचारहरु आएका रहेछन्, जुन गलत भयो । म सम्पर्कविहीन भएँ वा मलाई एम अधिकारी बनाउन खोजेपछि म भागें भन्ने कुरा सरासर गलत हो ।

२. तपाईं एम अधिकारीचाहिं हो कि होइन ?

म मनोज अधिकारी हुँ । त्यसैले कसैले ‘एम अधिकारी’ भन्दा अन्यथा भएन । तर एमालेले बनाएको विभागमा भएको एम अधिकारी म हुँ कि होइन भन्ने मलाई पनि थाहा छैन ।

३. तपाईंलाई कुनै औपचारिक जानकारी आएको छैन ?

अहँ छैन । महत्वपूर्ण जिम्मा दिइनेछ भनेर पार्टीले भनेको हो । तर मलाई कुन समितिमा राखिएको छ भन्ने मलाई कुनै पनि जानकारी छैन । अर्थ तथा योजना विभागमा भएको एम अधिकारी म नै हुँ भन्ने कुरा मलाई पनि यकिन छैन ।

४. यति धेरै कुरा उठिरहेका बेला किन सम्पर्कविहीन हुनुभयो त ?

म सम्पर्कविहीन भएको छैन । असार मसान्तको प्रेसरले म काममा व्यस्त थिएँ र म सामाजिक संजालभन्दा बाहिर थिएँ । सिए फर्मको मान्छेलाई असार मसान्त कसरी लाग्छ तपाईंले पनि बुझ्नुभएकै होला । भएको यति हो ।

५. तपाईं एमालेचाहिं हो ?

म एमालेको सक्रिय सदस्य हुँ।  त्यसमा दुईमत छैन । हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारीज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो वा होइन भनी हालसम्म यकिन छैन । मनोनित भएको भए पनि मेरो व्यक्तिगत कारणले सो पदमा म बस्न नसक्ने जानकारी गराउँछु ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: