×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा ६२ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

PRIME CA

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा ६२ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

गण्डकी । कास्कीको अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा-४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । संस्थाले मास्क, भाइजर, अक्सिमिटर, पिपिइ, स्यानिटाइजर, थर्मलगन, ग्लोब्स, साबुन, स्प्रेबोटल र जनचेतनामूलक ब्यानरसहित ६२ हजार बराबरका सामग्री प्रदान गरेको हो ।
अन्नपूर्ण गाउँपालिका-१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै सङ्क्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने धारणा राख्नुभयो । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाशील बनेको जानकारी गराउनुभयो ।
हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न सङ्घसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । हेल्पलाइन सहसंयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुका साथै सङ्क्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: