×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब मुक्तिनाथ विकास बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने, यस्तो छ प्रक्रिया !

LAXMI SUNRISE BANK

अब मुक्तिनाथ विकास बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने, यस्तो छ प्रक्रिया !

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोना (COVID 19) को महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । 
बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिने छ ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी