- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को सेयर कारोबार खुलेको छ । कम्पनीको दोस्रो बजारमा आजदेखि कारोबार खुलेको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो । अहिलेसम्म ५० कित्ता सेयर ४१६ रुपैयाँमा किनबेच भएर २० हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कम्पनी सेयरमा खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । करिब ५ लाख कित्ता सेयरको माग रहेको छ भने बिक्रीकर्ताको संख्या भने शून्य देखिएको छ । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।