×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा स्प्राइटको अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

PRIME CA

नेपालमा स्प्राइटको अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

अर्थ सरोकार

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लाइम-लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ A03S स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका-कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुने कम्पनीले जनाएको छ । यस अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको QR कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस (SMS) गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका-कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुने कम्पनीले जनाएको छ ।

साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् । पुरस्कार सम्बन्धि सम्पूर्ण शर्त र विवरणहरु कम्पनीको वेबसाइट http://www.sprite.com.np मा हेर्न सकिनेछ र पुरस्कार दाबी गर्नको लागि उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: