काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । होटलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष होटल २२ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सोल्टीले जम्मा आम्दानी भने २०२.१६ प्रतिशतले बढाएर १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष होटलको जम्मा आम्दानी ४५ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, होटलको संचालन नाफामा उल्लेख्य वृद्धि भएपछि खुद नाफा पनि बढेको देखिएको छ । होटलको संचालन नाफा ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको संचालन नाफा १७ करोड २४ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ५८ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।
होटलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो वर्ष होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १७ रुपैयाँ रहेको थियो ।