काठमाडौं । लघुवित्तको मनपरी बढेको भन्दै लघुवित्त खारेजी अभियान नै चलेपछि सदस्यको क्षमता नै नहेरी ऋण दिन पल्किएका सीइओहरु बल्ल चेतेका छन् । नीतिगत तथा लघुवित्त वित्तीय संस्थाहरुको स्वयमको लापरवाहीले पनि समस्या सृजना भएको ठहर गर्दै नेपाल लघुवित्त बैंकर्स संघले कर्जा प्रवाह लगायत अन्य ८ वटा प्रतिवद्धता सार्वजनिक गरेको छ ।
काभ्रेको धुलिखेलमा सम्पन्न नेपाल लघुवित्त बैंकर्स संघले गरेको भेलाले ८ बुँदे प्रतिवद्धता तथा निर्णय गर्दै कर्जा लगानी, स्रोत व्यवस्थापन, ब्याजदर लगायतको सम्बन्ध आवशयक सुधारका लागि प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुले देशमा गरिबी निवारणमा लघुवित्तको योगदान अतुलनीय रहेको तर्क प्रस्तुत गरेका थिए ।
यद्यपी नीतिगत र लघुवित्त वित्तीय संस्थाहरु स्वयंको कारणले पनि पछिल्लो समय समस्या सिर्जना भएको भेलाको निष्कर्श रहेको थियो । लघुवित्तमा देखापरेका नीतिगत तथा सञ्चालनगत समस्याहरु पहिचान गरी समाधानका उपायबारे भेलाले धारणा, प्रतिवद्धता एवम् निर्णयहरु सार्वजनिक गरेको छ ।
सो निर्णयले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनका लागि कडाई गर्नुका साथै ऋण लिन र दिनका लागि निश्चित मापदण्ड निर्धारण गरेको छ ।
यस्ता छन्, कर्जा लगानी सम्बन्धमा गरिएको निर्णयः.

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्