×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेयर बालेनको अर्को ‘डिसिजन’, अनुमतिबिना राखिएको वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्ड बन्द, अरु हटाउने तयारी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेयर बालेनको अर्को ‘डिसिजन’, अनुमतिबिना राखिएको वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्ड बन्द, अरु हटाउने तयारी…

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि महानगरले उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको हो ।

यो सँगै नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका होर्डिङ बोर्ड हटाउने अभियान समेत सुरु गरेको छ ।

महानगरले अब मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउने तयारी थालेको छ । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी