×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला, १५ दिनभित्र आवेदन दिनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसियन लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला, १५ दिनभित्र आवेदन दिनुपर्ने !

Artha Sarokar

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले आज भदौ २२ गते बुधबारदेखि संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्योरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सो अवधिमा कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी